धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो



खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो ।

वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए ।

विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको पानीले कटान गर्दा खम्बा बाङ्गिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जाराले बताए ।

धाप्लाङघाटका स्थानीय दीर्घ मगरका अनुसार खम्बाको माथिल्लो भाग फाट्दै गएको र नदीतिर ढल्किँदै गएको छ, तर सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजना प्रमुख इन्जिनियर दारोगा प्रसादले भने पुलको खम्बा बाङ्गिएको विषयमा जानकारी नभएको जवाफ दिए । सुरुमा यहाँ ‘वेल’ फाउन्डेसन प्रविधिको पुल बनाउने ठेक्का खुलाइएको थियो । शिलान्यास गरेको ७ वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो ।

रसुवा एसएनएस पप्पु जेभीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते धाप्लाङघाटमा दुई सय मिटर लम्बाइको पक्की पुल निर्माणको सम्झौता गरेको थियो । म्याद नाघेको पाँच वर्ष बित्दा ठेकेदारले खम्बाको काम पूरा गरेको छैन । खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनिसकेको भए पनि धाप्लाङघाटमा पक्की पुल निर्माण नहुँदा झोलुङ्गे पुलको प्रयोग हुँदै आएको छ ।

निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमासमेत प्रश्न उठेको छ । धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोडअनलोड गर्दा किसानले व्ययभार खेपिरहेका छन् ।

भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुलका साथै धाप्लाङघाटको गरी दुईवटा पुल रु ५० करोड १४ लाख ६० हजार लागतमा सम्पन्न गर्नेगरी रसुवा एसएनएस पप्पुले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो । एकै दिन शिलान्यास गरिएका रानीटार पुलको प्रगति पनि निराशाजनक रहेको स्थानीयबासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका