कुरिलोखेतीबाट एकै याममा सबै खर्च कटाएर सात लाख नाफा



त्रिवेणी (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा आर्जन गरेका छन् ।

मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक  १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् । सबै खर्च कटाएर  सात लाख नाफा कमाएको उनले बताए ।

हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन्। “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उनले भने । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गरेका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उनी बताउँछन् । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी तीन सय छ र थोकमा मूल्य दुई सय ५० रुपैयाँ छ ।

लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन् । विगत पाँच वर्षदेखि उनी व्यावसायिक खेतीमा लागेका हुन् । उनको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उनी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान

  काठमाडौँ । टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म

रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

कालीकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७,

भोजपुरको राउते खोलामा पक्की पुल निर्माण

भोजपुर । भोजपुरको राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते

गुल्मी । गुल्मीको तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर