मुख्यमन्त्री यादवद्वारा मटिहानीका आगलागी पीडितलाई छिट्टै राहत प्याकेज ल्याउने प्रतिवद्धता



धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको मठिहानी नगरपालिका–६ जरलहवागाछीस्थित आगलागीपीडितका लागि तत्काल राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।

मुख्यमन्त्री यादवले शनिबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई क्षतिको एकीन विवरण पठाउन निर्देशन दिइसकिएकाले विवरण प्राप्त भएलगत्तै प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्ने बताए ।

पीडित परिवारसँग कुरा गर्दै मुख्यमन्त्री यादवले हाल जिल्लास्थित विपद् व्यवस्थापन समितिको समन्वयमा तत्कालका लागि राहत वितरणका काम भइरहेका र क्षतिको विवरण आएपछि प्रदेश सरकारले छुट्टै राहत प्याकेज ल्याएर पीडितको पीडामा मलहम लगाउने कामगर्ने प्रतिवद्धता व्यक्त गरे ।

यही वैशाख १२ गते मटिहानी नगरपालिका–६ मा भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेको थिए भने ६० भन्दा बढी घरमा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

गगन थापालाई कारबाही नगरे गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्छः रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार

सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु