बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाह, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार आयोगले आयोगले चंखेली गाउँपालिका –३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माणको कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमुख शाही, इन्जिनियर रुद्र बहादुर वली,असिस्टेन्ट सव इन्जिनियर हर्कधन बुढा,उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया,सचिव धनपति ऐडी र कोषाध्यक्ष पुनी ऐडी र चंखेली गाउँपालिकाका –३ का तत्कालीन वडा अध्यक्ष सालिग्राम ऐडीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा निर्माणस्थलको वास्तविक तथ्य बंग्याइ भए गरेको कार्यभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरेको नगराएको परिमाणको झुट्टा बिल भर्पाइ तथा कार्यसम्पादन प्रतिवेदन तयार तथा स्वीकृति गरी २ लाख २२ हजार ५०३ रुपैयाँ भुक्तानी दिएको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको

दिक्तेल-खानीडाँडा-आहाले सडकः ६ वर्षपछि कालोपत्र सुरु

खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ