अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…



गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार टोली सकुशल उद्धार गरेको छ । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेको थियो ।

अचानक आएको हावाहुरीको कारण डुंगा पल्टिँदा काठमाडौंका ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी तालमा खसेका थिए । उनीहरुको फेवातालमा रहेको माछापालन केन्द्रको जालमा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

फेवाताल रेस्क्यु वाच टावरमा खटिएका विपद् व्यवस्थापनको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो । उनीहरूको अवस्था सामान्य रहेको छ । यसअघि चैत २५ र २९ गते पनि फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिएको थियो । त्यतिबेला पनि सशस्त्र प्रहरीले एक महिला र पुरूषलाई सकुशल उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन गरेको छ

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब

पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु

चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी

  ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको