पार्किङ निषेधपछिको न्युरोड, तस्बिरमा



काठमाडौं । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा मंगलबारदेखि पार्किङ गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो ।

पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदै छ । यस क्रममा आज विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ ।

न्युरोड जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । पार्किङ निषेध गरिएको ठाउँमा आज विहानैदेखि विशेष सरसफाइ गरियो ।

महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो । यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो ।

सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।

तस्बिरः काठमाडौं महानगरपालिका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘धन्न तपाईंजस्तो कोही हुनुहुन्छ र सरकारी सम्पत्ति बचेको छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गिरीबन्धु टि स्टेट जोगाउन अधिवक्ता ओमप्रकाश

सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जलेर नष्ट

सर्लाही । सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय

चितवनको भरतपुरमा विद्यार्थी लिन गइरहेको बसमा आगजनी

भरतपुर । चितवनको भरतपुरमा स्कुल बसमा आगजनी गरिएको छ । मंगलपुर नजिक कल्याणपुरको

राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालद्वारा राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् ।