पोखरामा ठगी काण्डमा वडा सदस्यसहित ४ जना जेल चलान



पोखरा । पोखरामा एक जना वडा सदस्य सहित ४ जना ठगी मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइड स्थित फुट ट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

अनुसन्धान पछि सरकारी वकिल कार्यालय कास्की मार्फत कास्की जिल्ला अदालतमा पुस ३ गते ठगी मुद्दा दर्ता भएकोमा बिहीबार न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पूर्पक्षका लागि थुनामा पर्नेमा पोखरा ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, वर्ष २२ को प्रवीन विश्वकर्मा, वर्ष २४ को अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल र पोखरा ६ का वडा सदस्य वर्ष ४२ को दिपेन्द्र पहारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

सर्वोच्चद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ

सदनमा जब सभामुखले गृहमन्त्रीलाई बोल्ने समय दिए…. (भिडियोसहित)

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति