वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ वर्षीय भिमबहादुर तामाङलाई काठमाडौंको गोकर्णेश्वरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

तामाङ बहादुर तमाङलाई वैदेशिक रोजगारीका लागि कतारमा पठाईदिन्छु भनी पाँच लाख २५ हजार रुपैयाँ लिएर फरार भएका थिए । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम

बागमती प्रदेशमा ११ सय वटा दुर्घटनामा परी २६१ जनाको मृत्यु

बागमती । बागमतीमा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी दुईसय ६१ जनाको मृत्यु

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता