बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु



बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।

घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते हुनुभएको हो । भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

तुलसीपुर (दाङ) । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।

देशभर तापक्रम घट्यो, कहाँ कति छ ?

काठमाडौँ । नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई

साउदर्न एयरलाइन्सको ग्वान्जाओ–काठमाडौँ दैनिक दुई उडान सुरु

  काठमाडौँ । चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ ।

बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी नभए सडक आन्दोलनमा उत्रिने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौँ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको