सूर्यदर्शन सहकारी ठगी प्रकरणः कोषाध्यक्ष कुमार रम्तेल जेल चलान



पोखरा । पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेका कुमार रम्तेललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आइतबार जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालतमा दर्ता भएको मुद्दामा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ ।

यो सहकारी गितेन्द्र (जीबी) राईको समूहले खोलेको थियो । बचतकर्ताको रकम हिनामिना गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको भोलिपल्टै रम्तेल पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएका जिबी राई, शिवबहादुर गुरुङ, महेन्द्र भोटे सहित १८ जना अझै फरार छन् ।

प्रहरी लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले विहिवार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

जिल्ला अदालतले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको स्वीकार गरेको, जाहेरी, घटना विवरण र नियामक निकायको विश्लेषणात्मक प्रतिवेदलाई समेत आधार मानी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । फरारलाई तत्काल पक्राउ गर्न सहकारीका बचतकर्ताले प्रहरीलाई दबाब दिएका छन् ।

फरार प्रतिवादीलाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सादा पोशाकमा विशेष टास्कफोर्स नैै खटाइएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएपछि सहकारीका पूर्व अध्यक्ष जीबी राई, भूपेन्द्र, कोषाध्यक्ष कुमार रम्तेल, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, सञ्चालक शिवबहादुर (महेन्द्र भोटे), कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वेर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् ।लेखा अधिकृत सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरु पनि परार रहेको प्रहरी भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी