रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै एक करोड भन्दाबढी ठगी गरेको आरोपमा युवती पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५, लेखनाथ टोलकी सुरूचि भुजेल छिन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई लेखनाथ टोलबाट शनिबार पक्राउ गरेको हो । भुजेल र उनकै ठेगाना भएका सिर्जनकुमार राईसमेतले टर्कीमा गएको भूकम्पपश्चात् पुनःनिर्माणका लागि संयुक्त राष्ट्रसंघ (यूएन) ले सहयोग गर्ने उद्देश्यले कामदार माग गरेको भन्दै ठगी गरेको आरोप छ ।

उनीहरूले ३० जनाबाट १ करोड १५ लाख ९९ हजार ८ सय रूपैयाँ ठगी गरेको जाहेरी परेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरूले पुनःनिर्माणको काममा यूएनले मासिक १ हजार ४ सय अमेरिकी डलर तलब दिने भनी पीडितहरूलाई प्रलोभनमा पारेका थिए ।

पक्राउ परेकी भुजेलविरूद्ध काठमाडौं जिल्ला अदालत ७ दिनको म्याद लिएर ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । साथै यस ठगीमा परेका व्यक्तिहरूलाई यथाशीघ्र सम्पर्कमा आउनसमेत सीआईबीले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको

देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण