बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ । सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा अधिकृत साहले विभिन्न व्यवसायीबाट विद्युत महसुलबापत ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएको र सो रकम प्रतिष्ठानको खातामा जम्मा नगरेको पाइएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

दाहालका अनुसार अधिकृत साहले विद्युत महसुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरेकोसमेत पाइएको थियो ।

साहले सार्वजनिक सम्पत्ति हिनामिना गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकाले ३३ लाख २० हजार २२६ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवाना तथा बिगोसमेत असुल उपरको माग दाबी गरी सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ