एकैपटक ठूलो संख्यामा नेपाल प्रहरीका एसपी र डीएसपीहरुको सरुवा(सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यअवधि पुरा भएका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र एकसय २० जना नायव प्रहरी उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार मानव स्रोत विकास विभागले उनीहरुको सरुवा गरेको हो । भदौ महिनादेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।