बागलुङमा प्रहरी नायब निरीक्षक हत्या घटनामा आमाछोरा पुर्पक्षका लागि जेल चलान



बागलुङ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।

कुँवरको होटलमा खाजा खान जानुभएका वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेल गत साउन ८ गते राति होटलमै मृत फेला परेका थिए । होटलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानबाट इन्चार्ज पौडेल आशा होटल एन्ड खाजाघरमा जानुभएको र होटलमा सञ्चालक आशा कुँवरसँग विवाद भएपछि आमाछोराले हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । विवादका क्रममा आमाछोरा मिलेर पौडेललाई गम्भीर तरिकाले कुटपिट गरी सलले पासो लगाएर हत्या गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको उनले बताए ।

पौडेलले घाँटीमा लगाएको सुनको सिक्रीसमेत लुटेर लुकाएको अनुसन्धानबाट खुल्न आएको छ । पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटलको भान्छामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

  लुम्बिनी (मर्चवार) । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन

सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले गत

  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

  काठमाडौँ ।  वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन