बलात्कार आरोपमा युवा संघका नेता पक्राउ



विराटनगर । बलात्कार आरोपमा नेकपा एमाले निकट युवा संघका बेलबारी नगर अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् ।  २० वर्षीया युवतीको बलात्कार गरेको आरोपमा ३४ वर्षीय तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

पीडित भनिएकी युवतीले तामाङले आफूमाथि बलात्कार गरेको आरोपसहित किटानी जाहेरी दिएकी छन् । मोरङका प्रहरी प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले घटनाबारे सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए।

तामाङ मोरङको बेलबारी नगरपालिका–१० निवासी हुन् । बलात्कारको घटना गएको असार २ गते भएको बताइएको छ । रेस्टुरेन्ट सञ्चालक रहेका तामाङले त्यहीँ आफ्नो बलात्कार गरेको युवतीको आरोप छ । उनीविरुद्ध करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक