अप्रेशन ‘ब्राभो किलो’ मा समाएि बङ्गलादेशी नागरिकलाई बन्धक बनाउने सात जना



काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बङ्गलादेशका नागरिकलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाउने गिरोहका सात जनालाई पक्राउ गरेको छ ।

कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । प्रहरीले अप्रेशन ‘ब्राभो किलो’ नाम दिएर उक्त गिरोहलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बङ्गलादेश गाजीपुर घर भई काठमाडौँ महानगर–९ कालिमाटी बस्ने ४७ वर्षीय अमिर होसेन, बङ्गलादेश बरिसाल घर भई ललितपुर महानगरपालिका–२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बङ्गलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मियाँ र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली, बङ्गलादेश ढाका घर भई काठमाडौँ हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बङगलादेश ढाका घर भई काठमाडौँ कपुरधारा बस्ने २१ वर्षीय जाहङ्गिर आलम र इलाम घर भई काठमाडौँको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् ।

पक्राउ परेको उक्त गिरोहले बङ्गलादेशी सात जना नागरिकलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै नेपाल ल्याई काठमाडौँका विभिन्न स्थानमा रहेका होटलमा बन्धक बनाइ राख्ने र उनीहरुका परिवारसँग पैसा माग्ने गरेको खुल्न आएको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए ।

उक्त घटनामा प्रहरीले आठ जना बङ्गलादेशी नागरिकलाई सकुसल उद्धार गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक