एक करोड चार लाख गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पुरीले एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले आज (आइतवार) विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

उनीविरुद्ध एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार पुरी सार्वजनिक सेवा प्रवेश गरेको वि. स. २०५२ साल पुस ९ गतेदिख २०७९ असार मसान्तसम्म एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ आय देखिएकोमा व्ययतर्फ दुई करोड २४ लाख लाख ८१ हजार ६९० रुपैयाँ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक