३५ तोला सुनकाण्डमा मुछिएका डीएसपी केसी प्रहरी सेवाबाट बर्खास्त



काठमाडौं । गृह मन्त्रालयले सुनकाण्डमा मुछिएर प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई सेवाबाट बर्खास्त गरेको हो ।

गृहले केसीलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो । डीएसपी केसीलाई नोकरीबाट हटाएको निर्णयको पत्र प्रहरी प्रधान कार्यालयमा पुगिसकेको छ ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट उनले गम्भीर आचरण उल्लंघनसहित प्रहरी ऐनविपरीत कार्य गरेको देखिएकाले सेवाबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

डीएसपी केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने शर्तमा ८ लाख ५० हजार रूपैयाँ घुस लिएको र सुन समेत फिर्ता नगरेको ठहर छानबिन समितिले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिप दुर्घटना हुँदा रोल्पामा सात जनाको मृत्यु

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । रोल्पाको

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन्।

एकलाख घुससहित ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित एक इन्जिनियरलाई पक्राउ

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,