आफू प्रधानमन्त्रीको सल्लाहकार भन्दै ४५ लाख ठगी गरेको आरोपमा बाबुछोरा पक्राउ



काठमाडौं । प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख रूपैयाँ भन्दाबढी रकम ठगी गरेको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र उनका छोरा २३ वर्षीय विशाल खनाल छन् ।

ठगीपछि फरार उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

रेग्मीका अनुसार उनीहरूले विभिन्न कम्पनीहरू तथा व्यवसायहरूमा सहभागी गराउने विश्वास दिलाएर विभिन्न कागजातहरूमा सही छाप गराई पीडितबाट उक्त रकम ठगी गरेको पाइएको छ ।

साथै पीडितको ना.४ च. ८६७० नम्बरको स्करपियो जीपसमेत लिएर उनीहरू फरार भएका थिए । उनीहरूविरूद्ध इलाका प्रहरी कार्यालय, दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्तापछि जिल्ला अदालत, भद्रपुर, झापाबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, दमक पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक