हत्या अभियोगमा १४ वर्ष कैद सजाय सुनाइएका फरार अभियुक्त पक्राउ



काठमाडौं । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले बुधबार अदालतमा पेस गरेको छ ।

विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौँको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौँको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कर्तव्य ज्यान मुद्दामा २०६७ सालमा मुस्ताङ जिल्ला अदालतबाट एक वर्ष चार महिना कैद ठहर भएको थियो । त्यसपछि पुनरावेदन अदालत बागलुङमा मुद्दा गएको थियो ।

प्रतिवादी सम्राट शेरचनको हकमा सुरू जिल्ला अदालतको फैसला उल्टी भई उनलाई सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो । फैसलाउपर पुनः पुनरावेदन परेकामा सर्वाेच्च अदालतले २०७२ सालमा १४ वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका शेरचनलाई अत्तरखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक