काठमाडौँमा सात हजार एक सय एक बैङ्किङ कसुरका मुद्दा



 

काठमाडौं । काठमाडौँ जिल्लामा एक वर्षमा बैङ्किङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ सोमबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौँभित्र बैङ्किङ कसुरसम्बन्धी सात हजार एक सय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा  परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैङ्किङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए ।

‘आव २०७८/७९ मा तीन हजार सात सय १५ मुद्दा दर्ता भएको थियो । आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको सङ्ख्या झन्डै दोब्बर हो’, उनले भने ।

यस्तै, आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ । आव २०७८/७९ मा चार सय ६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९/८० मा छ सय ४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ ।

यसैगरी, आव २०७९/८० मा लागुऔषधमा तीन सय ६८ मुद्दा दर्ता भएका छन् । सोही आवमा काठमाडौँभित्र तीन सय ४१ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । ज्यानसम्बन्धी कसुर आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा घटेको छ ।

आव २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताए  । काठमाडौँमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उनको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतमा एक हजार ७७ सिसिटिभी जडान भएको भए पनि हाल जम्मा पाँच सय ३२ सिसिटिभीमात्र चालु अवस्थामा रहेका छन् । सिसिटिभी जडानका लागि हालैमात्र काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक