विदेश भ्रमणमा नेपालीले सकाए एक खर्ब १९ अर्ब



काठमाडौं  । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन् । गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब तीन करोड बराबर खर्च गरेका थिए ।
सोही अवधिमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा  ५८ अर्ब छ करोड आम्दानी भएको छ ।  जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा विदेशी पर्यटकबाट  २९ अर्ब ८८ करोड आम्दानी भएको थियो ।
यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा  ८९ अर्ब १८ करोड बाहिर लगेका छन् । गत वर्षको सोही अवधिमा यस्तो खर्च  ५९ अर्ब ९९ करोड बराबर थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी

इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

पिस कोरका उपनिर्देशक डेभिड ह्वाइट नेपाल भ्रमणमा

    काठमाडौँ ।  पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच

बजेट नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी आउँछ: अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी