गौचन हत्याका अभियुक्त समीरमानसिंह बस्नेतलाई जन्म कैदको सजाय
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा अदालतले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ ।
महासंघका अध्यक्ष गौचन हत्या अभियोमाग पक्राउ परेका बस्नेत र अम्बरबहादुर रानालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।
सोही अभियोगमा पक्राउ परेका लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष, समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला भएको हो । २०७४ असोज २३ गते गौचनमाथि काठमाडौंको शान्तिनगरमा गोली प्रहार भएको थियो ।