चार लाख घुससहित तीन कर्मचारी अख्तियारको फन्दामा



 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र  लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

सडक निर्माणका लागि अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए वापत उनीहरुले निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा मंगलबार नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन गरेको छ

संसदको गतिरोध हटाउन प्रधानमन्त्रीले र कांग्रेससँग छलफल गर्दै

काठमाडौं । संसदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल