अर्काको नाममा लोक सेवाको परीक्षा दिने र दिन लगाउने नासु र सह-लेखापाल पक्राउ



बुटवल । रुपन्देहीमा प्रहरीले साथीलाई परिक्षा दिन लगाएर जागिर खाएका एक कर्मचारी र अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने एक जना गरी दुईजनालाई पक्राउ गरेको छ ।

लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं.१३८१२ /०७६–०७७ (मधेश) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा संचालन भएको लिखित परीक्षामा अर्कैको नाममा परिक्षा दिने र दिलाउने दुबैजनालाई प्रहरीले पक्राउ गरेको हो।

विज्ञापन अनुसार पहिलो पत्रको परीक्षा २०७७ फागुन २९ गते र दोश्रो र तेश्रो पत्रको लिखित परीक्षा २०७८ साउन १६ गते लिइएको थियो। तीनवटै लिखित पत्रको परीक्षामा परीक्षार्थी राजविराज ११ सप्तरीका ३३ वर्षीय मनोज कुमार सुतिहारको नामबाट सोही ठाउँका ३० वर्षीय नारायण यादवले लोकसेवा आयोगको लिखित परीक्षाको उत्तर पुस्तिका तयार पारेका थिए ।

प्रहरीले परीक्षा दिने सुतिहार र परीक्षा दिलाउने यादव दुबैजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार सुतिहार हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सह–लेखापाल पदमा कार्यरत छन् भने यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत रहेका छन् । प्रहरीले दुबैजनालाई पक्राउ गरि लिखित सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान सुरु गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक