घाइते चार आरोहीलाई थप उपचारका लागि भारत लगियो



काठमाडौं । नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीनसहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ ।

हिमाल आरोहणका क्रममा उद्धार गरिएका चार जनालाई थप उपचारका लागि मंगलबार भारतको नयाँ दिल्लीस्थित आर एण्ड आर अस्पतालमा पठाइएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनीहरुमध्ये तीन जना सगरमाथा आरोही हुन् भने एक जना ल्होत्से हिमाल आरोहण दलमा संलग्न आरोही एक हुन् । चार जना सगरमाथा र एक जना ल्होत्सेबाट उद्धार गरिएकामा एक जना समान्य उपचारपछि घर फर्किसकेका छन् भने बाँकी चार जनालाई थप उचारका लागि नयाँ दिल्ली लगिएको हो ।

सगरमाथाको दोस्रो आधार शिविरमा म्यानेजर तथा कुकको जिम्मेवारीमा रहेका ओखलढुङ्गा निवासी शेर्पा सरदार आङकाजी शेर्पाको सव अन्त्येष्टि गर्नुअघि बौद्ध गुम्बामा धार्मिक परम्पराअनुरुप १४ जना लामा गुरुद्वारा शान्ति पाठ गरिएको छ ।

उनको शव आधार शिविरबाट सोमबार काठमाडौँ ल्याएपछि परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिएको थियो । बौद्ध परम्पराअनुसार उपयुक्त साइतमा उनको पार्थिव शरीर बुधबार टेकुमा अन्त्येष्टि गरिने छ । यस पटकको सफा हिमाल अभियानमा लक्ष्यभन्दा बढी नै फोहर सङ्कलन भएको प्रवक्ता भण्डारीले बताए । यस पटक ३५ टनको लक्ष्य थियो ।

सङ्कलित फोहरमध्ये कुहिने फोहर त्यसै क्षेत्रमा व्यवस्थापन गरिने छ भने नकुहिने फोहर काठमाडौँ ल्याइने छ । पूर्वनिर्धारित कार्यक्रमअनुरुप उपलब्ध साधन स्रोत र खर्चका आधारमा सङ्कलित फोहर व्यवस्थापन गरिने छ ।

अभियानमा संलग्न प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको टोली सगरमाथा आधार शिविरमा रहेको टोली फोहर सङ्कलनको काम सकेर फर्कने क्रममा छ । त्यहाँ सङ्कलन फोहर सेवा प्रदायक कम्पनीले हवाई साधन र अरु साधनको प्रयोग गरी नजिकको विमानस्थलमा पुर्याउने र त्यसपछि आवश्यकताका आधारमा सडक र हवाई यातायातमार्फत काठमाडौँमा ल्याइने छ । विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा औपचारिक कार्यक्रम गरी अभियानको समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन

परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

गण्डकी । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी

‘निःशुल्क सिपमूलक तालिमका लागि’ महानगरमा ६८ हजारको आवेदन

काठमाडौं । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६

सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी

जनकपुरधाम । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर