काठमाडौँ सुरु भयो सम्पदा घुम्ती बस सेवा



काठमाडौं । नेपाल पर्यटन बोर्डको अगुवाइमा सम्पदा बस सेवा सुरु भएको छ । मंगलबार ललितपुरको पुलचोकमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गरे ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हफ अन हफ अफ बस’ सञ्चालन गरिएको जानकारी दिए । पर्यटनमन्त्री सुदन किरातीको विशेष चासोमा समयमा सम्पदा बस सञ्चालनमा आएको उनले बताए ।

विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा छ । नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो । बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुईवटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् ।

ललितपुर महानगरपालिकाबाट सुरु हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ । दुईवटा बस प्रत्येक ठाउँमा आधा घन्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछन् । केही दिन निःशुल्क चलाएर त्यसपछि शुल्कको व्यवस्था गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा(फोटोफिचर)

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी मंगलबारदेखि

नेपाललाई दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं ।  स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको

सन्दीपको मुद्दाको पेशी आज

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

  लुम्बिनी (मर्चवार) । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन