सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनावश्यक सफ्टवेयर खरिदगरी भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार तत्कालीन प्रमुख अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

नगरपालिकाको जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सप्टवेयर खरिद तथा जडान/विस्तार गर्ने कार्यका लागि टिप्पणी पेश तथा सप्टवेयर खरिद कार्यको स्वीकृति गरी १ लाख ९९ हजार ८९७ रुपैयाँ भुक्तानी गरी सफ्टवेयर खरिद गरेको तर प्रयोग नगरेको पाइएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सफ्टवेयर खरिदमा भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा सरकारी सम्पत्ती बदनियतपूर्वक हानिनोक्सानी गरेको पाइएको अख्तियारको ठहर छ । उनीहरूमाथि १ लाख ९९ हाजर ८९७ रुपैयाँ कसूर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजायको मागदावीसहित आरोप पत्र दायर भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्चीको पानी काठमाडौंमा वितरण, मन्त्री यादवद्वारा शुभारम्भ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप

राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने, सर्वसाधारणलाई साढे तीन बजेपछि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

दक्षिण कोरियाले विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख डलर सहयोग गर्ने

काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ ।