शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना सकियो



कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो ।

नेपाल पन्छी संरक्षण सङ्घका परियोजना सहायक हिरुलाल डगौरा थारूले चैत ८ देखि १४ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको बताए ।

‘यो विश्वकै अति संकटापन्न पन्छी हो’, डगौराले भने, ‘खरमजुर नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा मात्रै पाइन्छ ।’

उनले राष्ट्रिय रुपमा खरमजुरको गणना भइरहेकाले केही समयपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिने बताए । खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले एक सातासम्म निकुञ्जमा खरमजुर पाइने स्थानमा अध्ययन गरिएको बताए । उनले भने, ‘सङ्घले हाम्रो विभागमा रिपोर्ट बुझाएपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिन्छ ।’

ग्रीष्मयामको सुरुवातदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय भएकाले यो समयमा खरमजुर निकुञ्जको घाँसेमैदानमा देख्न पाइन्छ ।

निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, हरैया, लालपानी र अर्जुनी लगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरी गणना गरिएको थियो ।

सन् २०२१ मा गरिएको गणना अनुसार शुक्लाफाँटामा आठवटा खरमजुर रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताए । शुक्लाफाँटामा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यहाँ चार सय ५४ प्रजातिका चरा रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एकसय रुपैयाँको नोटमा नेपालको नक्साको तस्बिर परिवर्तन गर्ने भएको छ

प्राधिकरणले भन्यो-केही इन्टरनेट सेवा प्रदायकले सेवा अवरुद्ध भएको पुष्टि भयो, हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएको

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि झापामा गोली प्रहार

दमक । झापाको दमकमा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । उदयपुर घर

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण

  तनहुँ ।  मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण कार्य