भरुवा बन्दुकको छर्रा लागेर मृत्यु



फुङ्लिङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।

उनका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए ।

घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने, सर्वसाधारणलाई साढे तीन बजेपछि

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

दक्षिण कोरियाले विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख डलर सहयोग गर्ने

काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ ।

धौलागिरि हिमाल आरोहणमा गएका पाँच विदेशी नागरिकको मृत्यु

  म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको