लेक लागेर सोलुखुम्बुमा विदेशी पर्यटकको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन अभावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए।

खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

  काठमाडौँ ।   मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ