ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घुससहित अख्तियारको फन्दामा



काठमाडौँ । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत सातौं तहका अधिकृत पौडेललाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

शिक्षकको सरुवा गर्दा उनले घुस रकम मागेका थिए । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले पौडेलले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ ।

धौलागिरि हिमाल आरोहणमा गएका पाँच विदेशी नागरिकको मृत्यु

  म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको

सरकारद्वारा खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ

ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा

काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको