बोक्सीको आरोप लाउने दुईजनालाई पाँचवर्ष कैद सजाय



ओखलढुङ्गा । ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ ।

जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध कैद सजायको फैसला भएको हो ।

बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरुद्ध अदालतले कैद र जरिवानाको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले दीपकलाई पाँच वर्ष कैदसहित ६० हजार जरिवाना र मुनालाई पाँच वर्ष कैदसहित ५० हजार जरिवानाको फैसला गरेको छ ।

सोही घटनामा संलग्न एक १७ वर्षीया किशोरीको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउने अदालतले जनाएको छ । पीडितलाई नगद ६० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसलासमेत भएको छ ।

दीपकले ३० हजार, मुनाले १५ हजार र १५ हजार स्थानीय तहले पीडित महिलालाई दिनुपर्ने अदालतबाट फैसला भएको ओखलढुङ्गा जिल्ला अदालतका स्रेस्तेदार नवीन खनालले बताए ।

बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (१२) २ मा उल्लेख भएको व्यवस्थाअनुसार सम्बन्धित स्थानीय तहले १५ हजार व्यहोर्नुपर्ने फैसला भएको स्रेस्तेदार खनालको भनाइ छ ।

विसं २०७५ वैशाख ८ गते दीपक, मुना र एक किशोरीले बोक्सीको आरोप लगाई वृद्धालाई कुटपिट गर्दै आगोले पोलेका थिए ।

पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामार्फत न्यायका लागि चार वर्षअघि जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।

जिल्ला न्यायधिश आचार्यको इजलासले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (३) १ (छ) बमोजिम कसुर ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

जिल्लामा बोक्सी आरोपका थुप्रै घटना मिलापत्रमा टुङ्ग्याउने गरिए पनि अदालतमा पुगेको यो मुद्दा भने पीडितकै मागदाबीअनुसार फैसला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमाली पदयात्राका क्रममा रसुवामा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा

सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’

काठमाडौँ । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति

उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

कमलामाई (सिन्धुली) । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका