७८ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौँबाट हुण्डी गर्न सङ्कलित ७८ लाख ५० हजार र चार लाखको चेकसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

काठमाडौँमा विभिन्न व्यक्तिहरूले नेपाल राष्ट्र बैँकले जारी गरेको आदेश/निर्देशन विपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कार्यालयको विशेष टोलीले निगरानी गर्ने क्रममा उनीहरूबाट हुण्डी गर्न सङ्कलित उक्त रकमसँगै चार लाखको चेकसमेत बरामद गरेको छ । यसरी पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँको बिजुलीबजार बस्ने किशोर चौधरी र सोही ठाउँका दीपेन्द्रबहादुर मल्ल रहेका छन् ।

मल्लले पाँच वर्षदेखि र चौधरीले चार महिनादेखि उक्त कारोबार गर्दै आएको पाइएको कोइरालाले जानकारी दिनुभयो । उनीहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमाली पदयात्राका क्रममा रसुवामा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा

सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’

काठमाडौँ । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति

उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

कमलामाई (सिन्धुली) । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका