धनुषामा प्रहरी हिरासतबाट ६ थुनुवा फरार



धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर ६ जना थुनुवा फरार भएका छन् ।

लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ६ जना थुनुवा फरार भएका हुन् । पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर आइतबार बिहान ३ बजे थुनुवाहरु फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

प्रहरी हिरासतमा रहेका लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हिरासतबाट फरार ६ जनालाई म्याद थप गराएर अनुसन्धानका लागि हिरसातमा राखिएको थयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुलुगाई मारेको आरोपमा मनाङमा तीन पक्राउ

मनाङ । मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

इलाममा रास्वपाको लोकप्रियताको ग्राफ किन लाग्यो ओरालो ?

काठमाडौं । एकवर्ष अघि तनहुँ, चितवन र बारामा उपनिर्वाचन हुँदा रवि लामिछानेले नेतृत्व

सर्लाहीमा आगलागीबाट दुई घर र दुई फार्म जलेर नष्ट

बरहथवा (सर्लाही) सर्लाही जिल्लाका दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना