धरानमा खुकुरी प्रहार गरी एकजनाको हत्या, एक गम्भीर घाइते



धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् ।

स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथीको हत्या गरेर निस्किएका हर्कबहादुरले मञ्जुको घरमा पसेर उनीमाथी खुकुरी प्रहार गरेका थिए । भागेर नजिकैको सागबारीमा पसेकी मञ्जुलाई उनले अन्धाधुन्ध खुकुरीले प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।

गम्भीर घाइते मञ्जुको धरानस्थित विजयपुर अस्पतालमा उपचार भइरहेको छ । मृतक बुढाथोकीको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरि नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गर्ने

काठमाडौँ । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय

काठमाडौँ दक्षिणकाली मन्दिरमा नवरात्रको छैठौँ दिन भक्तजनको घुइँचो

दसैँ नवरात्रको छैठौँ दिन मङ्गलबार बिहान काठमाडौँ दक्षिणकालीस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न

तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

कास्की । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनर्निर्माणलाई

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

जानकी (बाँके) । भारत सरकारले बाढीपीडितका लागि आवश्यक सामाग्री उपलब्ध गराएको छ। बाँकेका प्रमुख