मकवानपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते



मकवानपुर । धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित शुक्रबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय विक्रम भम्जन रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतलामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्की बताए । यस्तै, सोही दुर्घटनामा परेर अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा ट्रकमा सवार हाल नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुष, ट्रक चालक बाराको निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सूर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौँडा– १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चन रहेका छन् ।

घाइतेमध्ये ट्रकमा सवार नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुषको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक घिमिरे र मोटरसाइकलमा सवार लोप्चनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ ।

मधेश प्रदेशमा आगलागीबाट १९ जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ