घुस प्रकरणमा मुछिएका डिएसपी ठगबहादुर केसी निलम्बित



काठमाडौं । गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ ।

नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ गरेको थियो ।

सुरुमा ब्यूरोले बुटबलका खिलेन्द्र सिंह जिसीलाई एक रिसोर्टबाट ९ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुन जस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

उनीमाथि गरिएको अनुसन्धानका क्रममा उक्त घटनामा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो ।

उनको घरमा खानतलासी गर्दा नगद आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सिआइबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

सिआइबीको टोलीले सोही दिन नै बरामद भएको रकम, सुन जस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्र सिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो । प्रहरीले उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा

आगामी तीन महिनाको मौसमको आँकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६

मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी