दुईजना नक्कली प्रहरी पक्राउ



अर्घाखाँची । अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेका प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले जानकारी दिए ।

उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसललगायतमा जाँच गर्ने, स्थानीय व्यक्तिहरूलाई डर, त्रासमा पारी गालीगलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूूचनाका आधारमा जिल्ला प्रहरी कार्याल अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले उल्टै प्रहरीमाथि हापात, गालीगलौज तथा अभद्र व्यवहार गरेका थिए । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

आगामी साता वर्षा हुने विभागको पूर्वानुमान

काठमाडौं । आगामी सातादेखि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा । बाजुराको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन

मर्मतसम्भारका लागि कान्तिलोकपथ बन्द

पाटन (ललितपुर) । कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक