हत्या आरोपमा श्रीमान् पक्राउ



राजविराज । लैङ्गिक हिंसाका विरुद्ध अभियान चलिरहेकै बेला सप्तरीमा एक महिलाको आफ्नै श्रीमानद्वारा हत्या भएको छ ।

‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ नाराका साथकार्यक्रमहरू भइरहेको बेला सप्तरीको राजविराज नगरपालिमा–१ चनौरा पडरियामा ४० वर्षीया गीता रजकको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हत्या आरोपमा रजकका श्रीमान् ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार राजविराज नगरपालिका–१ स्थित प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र मृतकको टाउको तथा निधार समेतमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा शव फेला परेको हो ।

रजक दम्पती राजविराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए ।

मृतकका बुबा गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिनुभएको किटानी उजुरीका आधारमा आरोपित हिरालाललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९