परीक्षाको सामान्य गोपनीयता नै नराखेपछि…



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकमा शास्त्र सङ्कायका डीन र सहप्राध्याक विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार विश्वविद्यालय सुुर्खेतका सहायक डीन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अङ्ग्रेजी विषयका विज्ञ एवं सहप्राध्याक डा. विनयकुमार दास विरुद्ध परीक्षाको सामान्य मूल्य–मान्यता विपरीतको गतिविधि गरेको तथा प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने उम्मेदवारको उत्तरपुस्तिकमा पटकपटक केरमेट गरी घटाएर अनुत्तीर्ण गरे गराएको देखिएको, अन्तरवार्ताका क्रममा अन्तरवार्ता अगावै सहभागी उम्मेदवारको उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखेर सङ्केत गरेको पाइएको आयोगको ठहर छ ।

अङ्ग्रेजी विषयमा विज्ञसमेत रहेका दासले परीक्षाको सामान्य मूल्य र मान्यता नराखेको पाइएको छ । परीक्षा समितिका संयोजक सहायक डीन डिसीले पनि त्यस्तै खालको बदमासी गरी भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९