श्रोत नखुलेको साढे ३८ लाख रुपैयाँसहित धनुषामा एकजना पक्राउ



जनकपुरधाम । धनुषा प्रहरीले श्रोत नखुलेको साढे ३८ लाख ५० हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा चेकजाँच गर्दा श्रोत नखुलेको ३८ लाख ५० हजार रुपैयासहित महोत्तरी भंगहा नगरपालिका १ बस्ने २१ वर्षीय युवक सुवमराज चौबेलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन लक्षित खटिएको विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी टोलीले एक यामाहा मोटरसाइकललाई चेकजाँच गर्दा १ हजार दरका २९ बण्डल र ५ सय दरका १९ बण्डल नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

बरामद गरिएको रकम आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाईएको र आरोपितलाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको जिप्रका धनुषाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९