५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोमै चोरी गरी बिक्री गर्ने चार जना पक्राउ



बारा । ५० लाख रुपैयाँ बराबरको खानेतेल बाटोबाटै चोरी गरेर बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

वीरगञ्जको पथलैया औद्योगिक करिडोरअन्तर्गत मनोकामना आयल फूड प्रोसेसिङ प्रालिमा उत्पादित खानेतेल सम्बन्धित ठाउँमा नपुर्याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने ४ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

उद्योगले वीरगञ्जको अञ्जनी क्यारियर्समार्फत सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको रोबिन सप्लायर्स लैजान प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर पठाएको थियो । तर, १ लिटरका १४ हजार ५६० र आधा लिटरका ५ हजार ९१५ पोका तेल ट्रकमा लोड गरेर पठाइए पनि तेल सिन्धुली पुगेको थिएन ।

सिन्धुलीमा दुई दिनसम्म तेल नपुगेपछि उद्योगले खोजी गरिदिन भन्दै असोज ३० गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको थियो । बारा प्रहरीले उजुरी गरेको ५ दिनपछि ४ जनासहित ट्रक र केही परिमाणमा तेल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा ट्रक चालक नुवाकोटको शिवपुरी गाउँपालिका १ घर भई काठमाडौं बस्ने ४३ वर्षका सुकमान तामाङ छन् । उनले प्रहरीले चालक तामाङले दिएको बयानका आधारमा घटनामा संलग्न अन्य ३ जनालाई पक्राउ गरेको बताए ।

बोगटीले ट्रक चालक तामाङले सिन्धुली पुर्याउनुपर्ने तेल बाटोबाटै कुरा मिलाएर रौतहटको गौर नगरपालिका १ रमेश कुमारको घरमा तेल भण्डारण गरेको भेटिएको पनि बताए । प्रहरीले भण्डारण गरेको घरबाट ट्रकमा लोड गरिएको भन्दा कम ३ हजार १ सय १७ लिटर मात्रै तेल फेला परेको छ ।

बाँकी तेल उनीहरूले बिक्री गरिसकेको प्रहरीले अनुमान गरेको छ । प्रहरीले रमेशका साथै रौतहटकै वृन्दावन नगरपालिका ६ हर्साहाका ३८ वर्षीय शेष कलाम र सोही गाउँपालिका ८ का ४७ वर्षका वैद्यनाथ साह तेलीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई थप कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९