बारामा एकै परिवारका तीन जनाको हत्या



बारा । बारामा एकै परिवारका तीन जनाको हत्या गरी शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको छ । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोकास्थित खोलाको किनारमा तीन जनाको शव फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रस्टोका गाउँभन्दा करिब दुई किलोमिटर टाढाको ढोरा खोलाको किनारमा बुधबार दिउँसो प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता चौधरी, छोरी तीन वर्षकी ताहिरा चौधरी र छोरा १६ महिनाका राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

पत्नी र छोराछोरीको हत्या गरी फरार भएको आशङ्कामा दीपेन्द्रलाई प्रहरीले खोज्ने क्रममा उनी घाइते अवस्थामा फेला परेकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको भन्ने विषयमा अझै यकीन कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९