शिक्षण अस्पतालबाट फरार भएका नख्खु काराकारका कैदी लुभुबाट पक्राउ



काठमाडौं । त्रिभुवन विश्वविद्यलाय शिक्षण अस्पताल महाराजगंजबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारका कैदी ललितपुरको लुभुबाट पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका रामेछापका ३८ वर्षीय भोला बुढाथोकी बुधबार अस्पतालबाटै फरार भएका थिए। उनले गोजीमा हत्कडी राखेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

उनलाई बिहीबार बिहान ७ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

बिरामी भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनी अस्पतालबाटै फरार भएका थिए। उनी एक हातमा हत्कडी नै भएको अवस्थामा फरार भएका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयले नख्खु कारागारको सुरक्षाका लागि खटिएका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको थियो।

उक्त घटनालाई लिएर कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत निलम्बन गरिएको छ । बुढाथोकी फरार भएको घटनाको सन्दर्भमा छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र बहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको थियो।

उनी २०७२ सालमा रामेछाप कारागारबाट नख्खु कारागार आइपुगेका थिए। २० वर्ष कैद सजाय सुनाइएका बुढाथोकीले १० वर्ष कैद भुक्तान गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९