सर्लाहीमा मिटरब्याजीविरुद्ध चार सय २७ वटा उजुरी



सर्लाही । मिटरब्याजी आरोपितविरुद्ध चार सय बढी पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा चार सय २७ पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।

सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका चार सय २७ जनाले उजुरी दिएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भए पनि कतिपयको अहिले पनि उजुरी दिइरहेका छन् ।

भदौ ५ गतेपछि आएका उजुरीको छुट्टै लगत राखेर दर्ता गरिरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । जिल्लामा धेरै उजुरी गत बिहीबार परेका र पीडितले जिल्ला सदरमुकाम मलङ्वामा प्रदर्शनसमेत गरेका थिए ।

पीडितले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले समेत सहभागिता जनाउनुभएको थियो । लामो समयदेखि शुद्धखोर अभियानमा लाग्नुभएका नगर प्रमुख बुढाथोकीले प्रदर्शनमा उत्रिएका पीडितको प्रदर्शनलाई समर्थन जनाएका हुन् ।

जिल्लामा मुख्यतः मिटरब्याजी आरोपितमा श्यामकृष्ण साह, रामबाबु राय र सञ्जय साह रौनियारको नाम पहिलादेखि नै चर्चामा रहेको भए पनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय र रामचन्द्र रायलगायतका नाममा पनि उजुरी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिका– २ त्रिभुवननगर निवासी सञ्जय अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । प्रहरीले उनीविरुद्ध मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले बताए । अन्य आरोपित फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९