आजदेखि पातलो प्लास्टिकको झोलाको उत्पादन र बिक्री प्रतिबन्ध



काठमाडौं । सरकारले आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्ता झोला प्रयोग गरेको देखे वा जानकारी भए स्थानीय सरकारले उत्पादन र बिक्री गर्नेमाथि तत्काल कारबाही गर्ने बताइएको छ ।

वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो झोला उत्पादन गरे वा नगरेको विषयमा आजैबाट प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योगको अनुगमन शुरू गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले प्रतिबन्धसम्बन्धी नियम भदौ १ अर्थात् आजबाट लागु गर्ने गरी सूचना जारी गरेको थियो ।

सोही सुचनाको आधारमा आजबाट अनुगमन शुरू गर्न लागिएको वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले मंगलबार बताए। उनका अनुसार स्थानीय प्रशासनको सहयोगमा उद्योग अनुगमन गर्न लागेको हो ।

स्थानीय तहले ४० माइक्रोनभन्दा पातलो झोला प्रयोग गरे/नगरेको विषयमा अनुगमन गर्नेछ । प्रवक्ता पौडेलले बजार अनुगमन गर्ने जिम्मा वाणिज्य विभागको भएको जिकीर गर्दै वाणिज्य विभागको टोलीले बजार अनुगमन गर्ने र वातावरण विभागको टोलीले उद्योगमा अनुगमन गर्नेछ ।

उनका अनुसार मापदण्डभन्दा कम माइक्रोनको झोला उत्पादन गरेको फेला परे वातावरण संरक्षण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ । सरकारले २०७२ साल वैशाख १ गतेदेखि लागु हुनेगरी नियम झोला प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन । फेरि सो नियम पुनः ब्युँताएर आज भदौ १ गतेबाट लागु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिधाकुरालाई अडियो उपलब्ध गराउने तिमल्सिनालाई हिरासतमा राख्न सर्वोच्चको आदेश

  काठमाडौँ ।   सर्वोच्च अदालतले सिधाकुरा डटकममा अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक

नेपालको विकासमा हरतरहको सहयोग गर्ने जापानी विदेशमन्त्रीको वचन

  काठमाडौ ।   राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका