क्रिप्टोकरेन्सी कारोबारको अभियोगमा व्यवसायी श्रेष्ठ जेल चलान



काठमाडौं । अदालतले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि श्रेष्ठलाई कारागार चलान गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा २९ असारमा पक्राउ गरेको थियो ।

तर अनुसन्धानका क्रममा श्रेष्ठको खातामा शंकास्पद कारोबार भएको भन्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसन्धान अनुसन्धान अघि बढाइएको थियो ।

उनको वेल्स बैंक अफ अष्ट्रेलियामा रहेको खातामा एक लाख ९४ हजार अमेरिकी डलर, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार अमेरिकी डलर, शेयर कारोबार, नेपालमा एभरेष्ट बैंकको खाताबाट २ करोड ६ लाख र एनआईसी एसिया बैंकको खाताबाट ६५ लाख २४ हजार रुपैयाँको गरी विभिन्न कम्पनीमा शेयर लगानी रहेको पनि प्रहरीले जनाएको छ ।

साथै, नबिल बैंकमा क्यानेडियन डलर ६७ हजार ५९६ र नेपाली रुपैयाँ ६५ हजार रहेको देखिएको प्रहरीले जनाएको छ । उनको पानीपोखरीमा अपार्टमेन्टसमेत गरी ४ लाख ४९ हजार अमेरिकी डलर बराबरको सम्पत्ति रहेको र त्यसको स्रोत नखुलेको प्रहरीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको