तत्काल राहदानी बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ



काठमाडौं । काठमाडौंमा राहदानी बनाउन राहदानी विभाग पुगेका सेवाग्राहीलाई एकदिनमै काम हुन्छ भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामबहादुर बोगटी, धनकुटाका श्यामकुमार राई, सिन्धुपाल्चोकका राम पौडेल र काठमाडौंका विवेक गुरुङ छन् ।

प्रहरीकाअनुसार पक्राउ परेका मध्ये गुरुङको चाबहिलमा रोज बर्ड नामक फोटो स्टुडियो रहेको पाइएको छ । उनीहरुले विभिन्न व्यक्तिका नाममा आवेदन भरेको ३२ वटा अनलाइन फारम पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि चार दिन म्याद लिइएको वृत्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको