बन्चरो प्रहार गरी श्रीमतीको हत्या



बैतडी । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाका पैलु विकले बन्चरो प्रहार गरी श्रीमती मान्मा विकको हत्या गरेका छन् ।

गए राति घरायसी विवाद हुँदा ४८ वर्षीय श्रीमान् पैलुले बन्चरो प्रहार गर्दा ४० वर्षीषा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

बञ्चरो प्रहारबाट बुबाको हत्या
बैतडीमा बञ्चरो प्रहार गरी शुक्रबार बिहान छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो ।

जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।

उनले भने, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।”

बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको